राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आफ्ना कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन गरेको छ। गभर्नर डा. विश्व पौडेलको निर्णयअनुसार दुई जनाको सरुवा र एक जनाको पदस्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    हालै मात्र निर्देशकबाट कार्यकारी निर्देशकमा पदोन्नति पाएका दीर्घ रावललाई बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागको प्रमुखमा नियुक्त गरिएको छ। यसअघि यस विभागको जिम्मेवारी सम्हालिरहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ। 

    मुद्रा व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। यसअघि सूचना प्रविधि विभागमा कार्यरत तुल्सी नेपाल अनिवार्य अवकाशमा गएका थिए।

    यसरी, तीन जनाको सरुवा र एक जनाको नयाँ पदस्थापन भएको हो। यसअघि पनि राष्ट्र बैंकले कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल गरेको थियो। 

    अनुसन्धान विभागमा रहेका डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा ल्याइएको थियो। मानव संसाधन व्यवस्थापन विभागका डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो भने बैंकिङ विभागका विश्रुत थापालाई मानव संसाधन विभागको जिम्मा दिइएको थियो।

    बैंकिङ विभागमा हालै कार्यकारी निर्देशक बनेका डा. डिल्लीराम पोखरेललाई नियुक्त गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय