गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइनेमा

गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइनेमा

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइनेमा

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर गरिएको रिट आज हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतले मङ्गलवार पेसी तोकिएको भए पनि इजलासमा ३०औँ नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । 

    images
    images

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिट पेसीमा राखिएको थियो।

    गत जेठ १२ गते अधिवक्ता विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

    रिट दर्तापछि जेठ १४ गते सर्वोच्च अदालतले विपक्षी पक्षलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय