बजेटपछिको पहिलो कारोबारमा सामान्य बढ्यो नेप्से, ९ अर्बको सेयर खरिद बिक्री

बजेटपछिको पहिलो कारोबारमा सामान्य बढ्यो नेप्से, ९ अर्बको सेयर खरिद बिक्री

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    बजेटपछिको पहिलो कारोबारमा सामान्य बढ्यो नेप्से, ९ अर्बको सेयर खरिद बिक्री
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । बजेटअघि करिब १७ अङ्कले बढेर बन्द भएको सेयर बजार आज भने सामान्य मात्रै बढेको हो । 

    सोमबार नेप्से परिसूचक १.६० अङ्कले बढेर २६९.६६ विन्दुमा पुगेको छ। तर, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।

    यसअघिको कारोबारको तुलनामा आज रकम पनि बृद्धि भएको छ । बजार खुलेको अघिल्लो कारोबार दिन साढे ८ अर्बको सेयर खरिदबिक्री भएकोमा आज भने ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सोमबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। 

    आज होटल तथा पर्यटन उपससूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत र लगानी उपसमूहको परिसूचक २.२८ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    यसैगरी, विकास बैंक, वित्त, जीवन बिमा, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक सामान्य बढ्दा बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक भने घटेको छ । 

    सोमबार ३१४ स्टकको ८३ हजार १६ पटकमा २ करोड २० लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री भएका हुन् । आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

    त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.३१ प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। 

    कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।  यो कम्पनीको आज ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको हो। 

    यसैगरी, सोमबार राधी विद्युत कम्पनीको ६५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ५४ करोड नाघेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com