नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ सङ्कलन गर्ने

नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ सङ्कलन गर्ने

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ सङ्कलन गर्ने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न बुधबार एकै दिन ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट सङ्कलन गर्ने भएको छ। पछिल्लो समय तरलता अत्यधिक भएको कारण राष्ट्र बैंकले नियमित रूपमा निक्षेप सङ्कलनको प्रक्रिया अगाडि बढाइरहेको छ। 

    images
    images

    यसअघि पनि राष्ट्र बैंकले एकैदिन ८० अर्ब रुपैयाँ सङ्कलन गरेको थियो।

    यसपटक राष्ट्र बैंकले २० दिन अवधिका लागि बोलकबोल (बिडिङ) आह्वान गरेको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन सक्नेछन्। बोलकबोलका लागि समय सोमबार दिउँसो ३ बजेसम्म तोकिएको छ।

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँको गुणा गर्ने हिसाबले बोल गर्न सकिनेछ। 

    सहभागी संस्थाहरूले आफूले राख्न चाहेको रकम र ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था छ।

    राष्ट्र बैंकले जानकारी दिएअनुसार सङ्कलित निक्षेपको सावाँ र ब्याज आगामी असार ८ गते भुक्तानी गरिनेछ। ब्याजदर समेत प्रतिस्पर्धात्मक बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय