दुधको पैसा तिर्न नसक्दा दुःख लागेको छ : मन्त्री अधिकारी

दुधको पैसा तिर्न नसक्दा दुःख लागेको छ : मन्त्री अधिकारी

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    दुधको पैसा तिर्न नसक्दा दुःख लागेको छ : मन्त्री अधिकारी
    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका छन् । मन्त्री अधिकारीले किसानका समस्या समाधानका लागि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताएका हुन् । 

    उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी)मार्फत मात्र झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भने समग्र रूपमा किसानलाई ३ देखि ४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । 

    मन्त्री अधिकारीले आफू मन्त्री बनेपछि किसानका पक्षमा के गर्न सकिन्छ भन्ने सोच लिए पनि अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख गरेको कुराहरु बाहेक केही गर्न नपाएको गुनासो गरे ।

    “अगामी बजेट कार्यान्वयन हुने बेलासम्म म बस्छु कि बस्दिन, तर म नभए पनि किसानको पैसा तिर्न नसकेको जीवनभर नराम्रो सम्झना भएर रहनेछ,” उनले भने ।

    उनले किसानलाई १५ दिनभित्र दुधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको स्वीकार गरे ।

    किसानको भुक्तानी नपाउँदा डीडीसीका कर्मचारीले दैनिक घिउ र दुध दिने कामसमेत बन्द गरेको जानकारी दिँदै उनले भने, “एउटा भैँसीबाट चार माना दुध ल्याउन किसानलाई कति दुःख हुन्छ, मलाई पनि थाहा छ ।”

    उनका अनुसार दुध व्यवसाय सुरुवातमा दुग्ध विकास संस्थानको सहकार्यमा थालिएको भए पनि अहिले निजी क्षेत्रको बलियो उपस्थिति रहेको छ । मन्त्री अधिकारीले नेपाल दुधमा मात्र नभई अन्य कृषि उत्पादनमा पनि अझ धेरै निर्भर हुने दिन आउने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com