अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक

अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • images
    images
    अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक
    images
    images

    अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी’ सार्वजनिक भएको छ। 

    उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

    उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ। 

    विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।

    विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

    ‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, गायिका चौधरीले बताए ।  उनका थुप्रै गीत श्रोतारदर्शकको रोजाइमा पर्न सफल भएका छन्।

    आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका चौधरीले बताउनुभयो । थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि  गाएका छन् । 

    अनुले नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् । उनले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गरे । 

    कोरियोग्राफरमा पनि कुशल अनु हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित हुनुभएको छ । उनले हालै अवार्ड पाएका छन् । 

    अनुले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड छ । 

    उनले गीत प्लेनभित्र विमोचन र प्यारागलाइडिङमा बाट विश्व कीर्तिमान कायम  गरेका छन् । 

    https://www.youtube.com/watch?v=rab5wrkAIhI

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com