क्यानडाको क्यालगरी शहरमा सगरमाथा दिवस कार्यक्रम

क्यानडाको क्यालगरी शहरमा सगरमाथा दिवस कार्यक्रम

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • क्यानडाको क्यालगरी शहरमा सगरमाथा दिवस कार्यक्रम

    क्यानडास्थित क्यालगरी शहरमा मे २८ २०२५ का दिन सगरमाथा दिवस विशेष कार्यक्रम को आयोजना गरी मनाइयो । 

    images
    images

    अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एन सी एस सी एवं गैर आवासीय नेपाली संघ क्यानडा को समेत संग संयोजन गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो।
     
    कार्यक्रम को अध्यक्षता च्याम्बर का अध्यक्ष समीर पाण्डे ले गर्नु भएको थियो भने कार्यक्रम को संचालन च्याम्बर का सचिव किरण खरेलले गरेका थिए । 

    कार्यक्रम का मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रेहेका थिए । 

    २ पटक सगरमाथा आरोहण गरि सकेका रोड़्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स का विशेष सल्लाहकार समेत हुन् । 

    रोड्नी अल्बर्टा प्रान्तको पटक पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरिसकेका छन् । 

    कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभव सहितको प्रेरणा 
    दायक प्रस्तुति सहित शब्द चित्रसमेत प्रस्तुत गरेका थिए । 

    कार्यक्रमका अर्का आकर्षणको रुपमा उपस्थित मींग्मा शेर्पा सगरमाथा आरोही छन् ।  

    उनले कार्यक्रम मा हिमलय क्षेत्र को महत्व र आरोहण का बारेमा विचार रखेका थिए । 


    नेपाल र क्यानडा दुबै देशका राष्ट्रिय गानबाट कार्यक्रम शुरु भएको थियो । 

    नेपालको सांगीतिक प्रस्तुति पनि पस्किइएको थियो। कार्यक्रमका अतिथिहरुलाई च्याम्बरका संचालक ध्रुब राइले खादा पहिर्याएका थिए । भने च्याम्बरका अध्यक्ष समीर पाँण्डेले खादा सहितसम्मान पत्र हस्तान्तरण गरेका थिए । 

    कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिंडियोमार्फत प्रस्तुत गरिएको थियो। 

    त्यसैगरि नेपाल टुरिजम बोर्डकातर्फबाट लक्ष्मण गौतम, ट्रेकिंग एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्द्र सेढाईँ तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभाग बाट डा. पशुपति नेउपानेबाट प्राप्त शुभकामना सन्देशहरु भिडियो मार्फत दिएका थिए । 

    नेपालस्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स बिच सहकार्यका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइ सकेको छ । 

    नेपालस्थित यी संस्थाहरु र अल्बर्टा च्याम्बर मिलेर नेपालको पर्यटन प्रबर्दन कार्यमा सहकार्यको शुरुवात भएको जनाएको छ । 

    कार्यक्रममा क्यालगरी स्थित नेवाः समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधिहरुको पनि उपस्थिति थियो।
     
    कार्यक्रममा च्याम्बरका अध्यक्षले पाहुनाहरुलाई स्वागत गरेका थिए । 

    एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैर आवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । 

    नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्याल ले कार्यक्रम मा शुभकामना मन्तब्य राख्नु भएको थियो। च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र
    र विशेष गरि सगरमाथाको ऐतिहासिक महत्व सहितको प्रस्तुतीकरण गरेका थिए । 

    कार्यक्रम को प्राविधिक संयोजन च्याम्बर का संचालक बिक्रम अधिकारीले गरेका थिए । ब्यवस्थापकिय ज़िम्मेवारीको भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्यले गरेका थिए । 
    एन सी एस सी का सचिव घनेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय