बजेटले अटोमोवाइल क्षेत्रमा ऐतिहासिक सम्बोधन गर्यो : नाडा

बजेटले अटोमोवाइल क्षेत्रमा ऐतिहासिक सम्बोधन गर्यो : नाडा

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • बजेटले अटोमोवाइल क्षेत्रमा ऐतिहासिक सम्बोधन गर्यो : नाडा

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई व्यवसायमैत्री र अटोमोवाइल क्षेत्रको माग सम्बोधन गर्ने खालको भएको बताएको छ।

    images
    images

    संघले जानकारी दिएको अनुसार, नाडाले विभिन्न समयमा नेपाल सरकारका मन्त्रालय तथा विभागहरूसँग छलफल गरी आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेको थियो। 

    संघको भनाइमा सरकारले ती सुझावहरूलाई बजेटमार्फत सम्बोधन गरेको छ, जसले अटोमोवाइल व्यवसायलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

    नाडाका अनुसार, बजेटले न केवल व्यवसायीहरूलाई प्रोत्साहन गर्नेछ, तर समग्र अर्थतन्त्रलाई समेत सक्रिय तुल्याउने छ। संघले आगामी मौद्रिक नीतिसमेत यस्तै उद्यमीमैत्री हुने विश्वास व्यक्त गरेको छ।

    संघले सरकारप्रति आभार व्यक्त गर्दै भन्यो, “सरकारले बजेटमार्फत हाम्रो आवाजलाई सम्बोधन गरेकोमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय