आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरूको दवाव

आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरूको दवाव

शनिवार, जेठ १७ २०८२
शनिवार, जेठ १७ २०८२
  • images
    images
    आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउन सांसदहरूको दवाव
    images
    images

    हेटौँडा / बिगतका वर्षहरूमा जस्तै बागमती प्रदेशका सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सरकारमा रहेका मन्त्रीहरूलाई दवाव दिइरहेका छन् । 
    आवस्यक्ताका आधारमा बजेट छुट्याउने भनपनि भनसुन र दवावका आधारमा बजेट छुट्याउने गरिएको छ । अहिले प्रदेशका मन्त्रालय र मातहतका कार्यालयहरूमा आफ्ना निर्वाचन क्षेत्रमा बजेट छुट्याउनका लागि सांसदहरूले दवाव दिइरहेका छन् ।

    जती दवाव दिएपनि मन्त्रीहरूले भने आफुअनुकुलका निर्णय गर्नेगरेको सांसदहरूको गुनासो छ । सबै निर्वाचन क्षेत्रमा र आवश्यकताका आधारमा बजेट विनियोजन गर्नका लागि सांसदहरूले आग्रह गरेपनि मन्त्री र सचिबहरूले आफुखुसी बजेट विनियोजन गरेको एक सांसदले बताए । सरकारमा रहेकै दलका सांसदहरूपनि मन्त्रीहरूप्रति असन्तुष्ट रहेका छन् ।

    बागमती प्रदेशसभाका सदस्यहरूले २०८२/०८३ को बजेटमा निर्वाचन क्षेत्र कोष ब्युँताउन सरकार समक्ष दबाब सिर्जना गरिरहेका छन् । २०८१/०८२ को बजेटमा घुमाउरो बाटोबाट प्रदेश सांसदका लागि बजेट विनियोजन गरेको सरकारलाई ‘प्रदेशसभा सदस्यको तजबिजमा खर्च गर्ने गरी’ बजेट विनियोजन गर्न सांसदहरूले दबाब सिर्जना गरिरहेका हुन् । 

    चालु आवमा प्रदेशका सांसदकै मागअनुसार योजना छनोट तथा सञ्चालन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो । सरकारले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्न सहज वातावरण सिर्जना गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख गरेको थियो ।

    ‘प्रदेशसभाका सदस्य र स्थानीय तहबीच सुमधुर सम्बन्ध कायम गरी अन्तरतह समन्वय प्रभावकारी बनाउन तथा विकास र शासनलाई थप जनमुखी बनाउन प्रदेशसभाका सदस्यको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम र आयोजना छनोट गरी कार्यान्वयन गर्न प्रदेश विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम छुट्याएको’ चालु आवको बजेट वक्तव्यमा छ । यस कार्यक्रमका लागि विनियोजित बजेटको अंकभार भने तोकिएको थिएन ।

    सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसद्लाई क्रमशः ५ र ३ करोड रुपैयाँ विनियोजन गर्नेगरी छलफल भएको र सोही अनुसार बजेटमा कार्यक्रम समावेश गरिने तयारी भएको प्रदेशका एक सांसदले दाबी गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com