काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको सेवामा छुट पाउने भएका छन् ।
बुधबार एक कार्यक्रमकाबिच भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालसँग बैंकले सो सम्झौता गरेसँगै अस्पतालले बैंकका कर्मचारी र ग्राहकहरूलाई छुट दिने भएको हो ।
उक्त सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरूले नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको विभिन्न सेवामा उपचार गर्दा लाग्ने शुल्कमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन चन्द्र जोशीले हस्ताक्षर गरे ।
यस सम्झौताबाट बैंक कर्मचारी र ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ।