काठमाडौँ / भौतिक तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ । बिहीबार संघीय संसद्मा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भौतिक तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।
