अर्थमन्त्रीले भने – दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

अर्थमन्त्रीले भने – दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • अर्थमन्त्रीले भने – दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

    काठमाडौं/ सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । 

    images
    images

    बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए । 

    त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए ।
    यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय