मुलुकको अर्थतन्त्र सुधारको बाटोमा : अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा : अर्थमन्त्री पौडेल

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    मुलुकको अर्थतन्त्र सुधारको बाटोमा : अर्थमन्त्री  पौडेल
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३.७ प्रतिशत मात्र रहेको आर्थिक वृद्धि यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

    उनले अघिल्लो वर्ष नकारात्मक अवस्थामा रहेका उत्पादनमूलक र निर्माण क्षेत्र यस वर्ष सुधार हुँदै सकारात्मक दिशामा उन्मुख भएको उल्लेख गरे। साथै, बाह्य क्षेत्र सन्तुलित रहेको र वित्तीय क्षेत्रमा पर्याप्त तरलता उपलब्ध भएकाले समग्रमा अर्थतन्त्र सकारात्मक लयमा फर्कँदै गएको दाबी गरेका छन्।

    अर्थमन्त्री पौडेलका अनुसार यस्ता संकेतहरूले आगामी आर्थिक वर्षमा अझ बलियो आर्थिक पुनरुत्थानको आशा जगाउँछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com