आर्थिक सर्वेक्षण संसद्मा पेस, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब

आर्थिक सर्वेक्षण संसद्मा पेस, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब

आर्थिक बर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • आर्थिक सर्वेक्षण संसद्मा पेस, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा प्रस्तुत गरेका छन्। 
    अर्थमन्त्री पौडेलले बिहीबार प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक र भौतिक अवस्थासहितको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । 

    images
    images

    आर्थिक सर्वेक्षण पेस गर्दै उनले चालु आर्थिक बर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार मधेश, कोशी, र सुदूरपश्चिम बाहेक सबै प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहनेछ। 

    अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने उल्लेख गरिएको छ।

    कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको र मुद्रास्फीति दर ४.७२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

    फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै मन्त्री पौडेलले वित्तीय पहुँच विस्तार भएको र सबै स्थानीय तहमा बैंकको शाखा स्थापना भइसकेको पनि बताए।

    यो आर्थिक सर्वेक्षण आगामी बजेटको आधार तयारीका रूपमा लिइएको छ, जसबाट सरकारको नीति, कार्यक्रम, र प्राथमिकताको संकेत पाइनेछ।

    अर्थमन्त्री पौडेलले जेठ १३ गतेको बैठकमा नै आर्थिक सर्वेक्षण पेस गर्ने तालिकामा भए पनि विपक्षी दलले संसद् अवरुद्ध गरेपछि आर्थिक सर्वेक्षण पेस हुन सकेको थिएन । 

    बुधबारको प्रतिनिधिसभा बैठक भने चल्ने दिने विपक्षी दलको निर्णयपछि आज अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका थिए । 

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट टेबुल गर्नका लागि मात्रै अवरोध हटाएको भए पनि अन्य कुनै विषयमा संसद् सञ्चालन गर्न नदिने चेतावनी दिए।

    उनले भिजिट भिसा सेटिङ प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ । 

    गृहमन्त्री रमेश लेखकले भने बुधबार पत्रकार सम्मेलन गरी आफू भिजिट भिसा सेटिङ प्रकरणमा संलग्न नरहेको दाबी गरेका छन्। उनले विपक्षीको आरोपमा कुनै तथ्य नभएको भन्दै संसद चल्न दिन आग्रह गरेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय