बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज विक्रम संवत २०८२ साल ज्येष्ठ १५ गते, बिहीबार, इस्वी सन् २०२५ मे २९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ शुक्लपक्ष, तृतीया तिथी, आद्ररा नक्षत्र, आनन्दादिमा–काण योग, चन्द्रराशि–मिथुन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बौद्धिक क्षमताले भाग्य बलियो बन्नेछ। अध्ययन, धर्म र राजनीति क्षेत्रमा ख्याति पाइनेछ। रोकिएका कार्यहरू अघि बढ्नेछन्। शेयर बजार र व्यापारबाट लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। मिहिनेतले सफलता, नाम र दाम दिलाउनेछ। सहयोगीहरूको साथले योजना सफल हुनेछन्। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। पुरुषार्थले इच्छित उपलब्धि दिलाउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    तपाईंको कामको प्रशंसा हुनेछ र विशिष्ट व्यक्तिबाट सम्मान पाउने सम्भावना छ। बोलीको प्रभावले आम्दानी बढ्नेछ। गायक–सङ्गीतकारका लागि नयाँ अवसर आउँनेछन्। चिताएको काम पूरा हुनेछ। सम्पादित कार्यबाट धन लाभ हुनेछ। सरकारी नोकरीमा पदको प्रभाव देखिनेछ। आम्दानीका स्रोत बढ्नेछ र दिगो फाइदाका लागि सम्झौता हुने योग छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मनोरञ्जन, गीत–सङ्गीत र मोडलिङतर्फ आकर्षण बढ्नेछ। व्यापारबाट प्रशस्त आम्दानी हुनेछ र आर्थिक पक्ष बलियो रहनेछ। नोकरीमा चुनौतीपूर्ण कामको सफल नेतृत्वले सम्मान दिलाउनेछ। खर्चमा संयमता आवश्यक छ। राजनीतिक वा सामाजिक क्षेत्रमा सक्रियताले पद प्राप्तिको सम्भावना छ। नयाँ अवसर आउँनेछ, आत्मविश्वास र हौसला बढ्नेछ। जमघटमा रमाइलो हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    वैदेशिक व्यापार, स्वास्थ्य सामग्री र औषधिको क्षेत्रमा आम्दानी बढ्नेछ। लामो दूरीको यात्रा र विदेशी भाषाबाट फाइदा मिल्नेछ। नोकरी र राजनीतिमा प्रतिष्ठा बढ्नेछ। उच्च शिक्षा र सांस्कृतिक अवसर प्राप्त हुनेछन्। तर खर्च र लगानीमा सावधानी जरुरी छ। माया सम्बन्धमा अविश्वास देखिन सक्छ, आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। सतर्कता आवश्यक रहनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    चन्द्रमाको प्रभावले खनिज र तरल पदार्थको व्यापार फस्टाउनेछ। आर्थिक अवस्था सबल हुनेछ र नयाँ कामबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्धमा नजिकिने र नयाँ प्रस्ताव आउने सम्भावना छ। नोकरीमा प्रशंसा मिल्नेछ, तर पिताको स्वास्थ्यमा ध्यान दिनुहोस्। आम्दानीका नयाँ स्रोत खुल्नेछन्, तर लगानी र खर्चमा सन्तुलन आवश्यक छ। कर्जा वा सरसापटबाट धन जुटाउन सकिनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सहयोगीहरूको साथ र पुराना मित्रको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। उद्योग, व्यापार र कृषिमा आम्दानी बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य हुने सम्भावना छ। जीवनसाथीको स्वास्थ्यमा ध्यान दिनुहोस्। सवारी खर्च र भिडभाडमा सतर्क रहनुहोस्। सामाजिक नेतृत्व र जिम्मेवारी हात लाग्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    सामाजिक कार्यमा सक्रिय भई नाम र दाम कमाउने समय हो। पढाइमा सुधार र आफन्तसँग सम्बन्ध सुदृढ हुनेछ। तीर्थयात्राको सम्भावना छ र परम्परागत कार्यमा रुचि बढ्नेछ। व्यापारमा लगानी बढाएर नाफा लिन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। नयाँ नोकरीको प्रयास सफल हुनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ, र मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    चन्द्रमाको कष्ट प्रभावले सवारी र भौतिक सम्पत्तिको प्रयोगमा सावधानी आवश्यक छ। आर्थिक पक्ष कमजोर रहनेछ भने व्यापारमा आम्दानी नघट्दा दैनिकी प्रभावित हुन सक्छ। दिदीबहिनी र आफन्तसँग मनमुटाव बढ्न सक्छ। यात्रा कष्टकर हुनेछ, गोपनीयतामा ध्यान दिनुहोस्। स्वास्थ्यमा खर्च बढ्न सक्छ। यद्यपि लगनशीलता र धैर्यले समस्यालाई पार गर्न सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार र मनोरञ्जनात्मक यात्रा सफल रहनेछ। आम्दानी बढ्नेछ र जीवनशैलीमा सुधार आउनेछ। पढाइमा प्रगति हुनेछ र पारिवारिक जमघटमा रमाइलो हुनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। उपहार र विलासी वस्तु प्राप्त हुने सम्भावना छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोला, जीवनसाथीसँग सानो वादविवाद हुन सक्छ। साथीभाइको सहयोगले उत्साह बढ्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    इष्टमित्रसँग रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। प्रतिस्पर्धामा सफलता हासिल हुनेछ र पुराना स्वास्थ्य समस्या हल हुनेछन्। पढाइमा सुधार र पुरस्कार जित्ने योग छ। व्यापारमा लगानी बढाएर आम्दानी विस्तार गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्, तर पेटसम्बन्धी स्वास्थ्य समस्या रहन सक्छ। कर्मयोगले सफलता दिलाउनेछ र दिगो फाइदाको अवसर प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    परिवार र सन्तानको सहयोग कम हुने र आलोचना बढ्ने समय छ। सामान्य स्वास्थ्य समस्या सताउनेछन्। व्यापारमा घाटा हुने सम्भावना छ, तर नोकरीमा एकाग्रता राख्दा सफलता मिल्नेछ। जीवनसाथीको प्रगतिले खुशी दिलाउनेछ। नयाँ काम सुरु हुनेछन् र अध्ययनमा सुधार आउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ र शुभचिन्तकको साथ पाइनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भौतिक सम्पत्ति र सवारी साधन प्राप्तिको योग छ। धार्मिक–सामाजिक क्षेत्रमा काम गरी मान–सम्मान पाइनेछ। अध्ययनमा सुधार र लामो यात्रा सम्भव छ। खर्च बढ्ने र जग्गा मामिलामा मन्दी आउन सक्छ। व्यापारमा मातापिताको आशिर्वादले लाभ हुनेछ। प्रक्रिया दोहोर्याउनुपर्ने हुनसक्छ र हिस्सेदारसँग असमझदारी हुन सक्छ। कृषि र पशुधनबाट मनग्य लाभ हुनेछ। नयाँ काम गर्ने अवसर पनि जुट्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com