बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात दैनिक न्यूनतम ९० प्रतिशत राष्ट्र बैंकमा राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात दैनिक न्यूनतम ९० प्रतिशत राष्ट्र बैंकमा राख्नुपर्ने

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात दैनिक न्यूनतम ९० प्रतिशत राष्ट्र बैंकमा राख्नुपर्ने

    काठमाडौँ / अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दातको दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार जारी गरेको सर्कुलरअनुसार जेठ १८ गतेदेखि यो व्यवस्था लागू हुनेछ।

    images
    images

    यसअघि यो व्यवस्थाअन्तर्गत दैनिक न्यूनतम ७० प्रतिशत मात्र राख्नुपर्ने व्यवस्था थियो। तर, अब बैंकहरूले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनुसारको नगद मौज्दातको ९० प्रतिशत भाग दैनिक रूपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ। 

    यसले बैंकको शून्य ब्याजदरमा राखिने रकम वृद्धि गर्ने भएकाले आधार दरमा पनि असर पर्ने बताइएको छ। त्यसैगरी, सेयर धितो कर्जाको जोखिम भार घटाउन राष्ट्र बैंकको सर्कुलर रहेको छ । 

    अबदेखि सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार तोकिएको थियो।

    लगानीकर्ताहरूले लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने माग राख्दै आएको थियो । सोही मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार नयाँ व्यवस्था ल्याएको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय