कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता
    images
    images

    काठमाडौँ / आइपिओ निष्काशनको पाइपलाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराइटिङ (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।

    मङ्लबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । 

    यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे । 

    कान्तिपुर फर्मास्यूटिकल्सले आइपिओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    ६३ करोड चुक्तापुजी भएको सो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आइपिओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

    सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरी सम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपंछीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । 

    हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ  ।

    अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com