images
Logo
images

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

    काठमाडौँ / गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् । विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन् । 

    images
    images

    उनले गाजामा मानवीय कानुन उल्लङ्घन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए । हामासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकालसम्म जर्मनीले संयुक्त राज्य अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो । 

    तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिएपछि आएको हो ।

    गाजाको सन्दर्भमा यो भनाइ विदेश मन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भर्त्सना भएको बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय