काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा १ हजार ६ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि भने १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ बढेको छ । यसअघि तोलामा १ हजार ९९५ रुपैयाँ रहेकोमा आज बढेर २ हजार ५ रुपैयाँ पुगेको छ ।