ट्रेड टावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने, अधिकतम् कति कित्तसम्म किन्न पाइन्छ ?

ट्रेड टावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने, अधिकतम् कति कित्तसम्म किन्न पाइन्छ ?

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • ट्रेड टावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने, अधिकतम् कति कित्तसम्म किन्न पाइन्छ ?

    काठमाडौँ / ट्रेड टावर कम्पनी लिमिटेडले आफ्नो प्राथमिक साधारण सेयर (आइपिओ) आजदेखि सर्वसाधारणका लागि खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी सेयर निष्कासन गरिसकेको कम्पनीले आजदेखि आमसर्वसाधरणका लागि आइपिओ निष्काशन गरेको हो । 

    images
    images

    कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको जारी पुँजीको ४८.६९६ प्रतिशत हिस्सा बराबरको सेयर निष्कासनका लागि अनुमति पाएको थियो। 

    यसअनुसार, कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।सर्वसाधारणका लागि छुट्याइएको सेयर संख्या ३२ लाख ९६ हजार ५०५.१९ कित्ता रहेको छ। 

    बाँकी सेयरमध्ये कम्पजीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्काशन गरी बाँडफाँटसमेत गरिसकेको छ ।

    कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन पर्नेछ । अधिकतममा भने १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

    कम्पनीको आइपिओ निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्मका लागि लम्बिनेछ। कम्पनीको प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।

    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइनबाट सि-आस्बाबाट आवेदन दिन सक्नेछन्।

    आइपिओ निष्कासनका लागि कम्पनीले गरेको क्रेडिट रेटिङमा इक्रा नेपालले 'ICRA NP Issuer Rating Double B Minus (ICRANP IR BB-) प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय