तरलता नियन्त्रणका लागि राष्ट्र बैंकको एक्सन, एकैदिन ८० अर्ब रुपैयाँ उठाउँदै

तरलता नियन्त्रणका लागि राष्ट्र बैंकको एक्सन, एकैदिन ८० अर्ब रुपैयाँ उठाउँदै

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • तरलता नियन्त्रणका लागि राष्ट्र बैंकको एक्सन, एकैदिन ८० अर्ब रुपैयाँ उठाउँदै

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आगामी बुधवार बैंकिङ प्रणालीबाट एकैदिन ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछिपछि राष्ट्र बैंकले नियमित रूपमा बजारबाट निक्षेप रकम सङ्कलन गर्न थालेको हो।

    images
    images

    यसपटक राष्ट्र बैंकले २१ दिन अवधिका लागि बोलकबोल आह्वान गरेको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। बोलकबोल आइतबार दिउँसो ३ बजेसम्म हुनेछ।

    बोलकबोलमा सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँबाट सुरुवात गर्न सक्नेछन् भने अधिकतम सीमा पाँच करोड रुपैयाँको गुणनफलमा निःशेष भाग हुने गरी तय गरिएको छ। 

    ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुनेछ, जहाँ दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। इच्छुक संस्थाहरूले बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन्।

    यस निक्षेप सङ्कलनको साँवा तथा ब्याज असार ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय