मन्त्रिपरिषद् बैठकको २८ निर्णयहरू केके हुन् ?

मन्त्रिपरिषद् बैठकको २८ निर्णयहरू केके हुन् ?

जापान सरकारबाट प्राप्त हुने ५७२ मिलियन जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • images
    images
    मन्त्रिपरिषद् बैठकको २८ निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ / सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको २८ निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने ५७२ मिलियन जापानी येन (५३ करोड ७६ लाख रुपैयाँ ) बराबरको अनुदान सहायता स्वीकार गर्ने बताएका छन् । त्यस्तै, बाफिकोट-खुंग्री १३२ केभी प्रसारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ । 

    नेपाल कृषि अनुसन्धान परिषद्‌को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् र गणतन्त्र कोरियाको Rural Development Administration बिच हस्ताक्षर हुने भएको छ । 

    यसैगरी, नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने सरकारको निर्णय रहेको छ । 

    बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला साविक सुनवल गाविस वडा नं. ९ को ०-१८-५ विधा जग्गा महाकवि देवकोटा क्याम्पस सुनवल, नवलपरासीलाई लिजमा दिने निर्णय गरेको छ । 

    यसैगरी, कालिगण्डकी कोरिडोर-गैंडाकोट(राम्दी-मालढुङ्गा) सडकअन्तर्गतको राम्दी-रानीमहल सडक खण्ड तथा हार्मीचौर-बलेवा-मालढुङ्गा सडक खण्डमा सडक स्तरोन्नति गर्ने क्रममा सडक रेखाङ्कन भित्र पर्ने तथा सडक स्तरोन्नति गर्दा क्षति हुने २७ वटा घर टहराहरूको क्षतिपूर्ति उपलब्ध गराउन सरकारले स्वीकृति प्रदान गरेको छ । 

    त्यस्तै, रानी-विराटनगर-इटहरी-धरान सडक योजनाअन्तर्गत जिल्ला सुनसरी, साविक दुहवी-८ख मा ०-४-१७ विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । 

    काठमाडौँ-तराईरमधेश द्रुतमार्ग सडक आयोजनालाई दक्षिणकाली नपा, गोदावरी नपा, बागमती गापा, भीमफेदी गापा र बकैया गापा मा करिब २१३ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको छ । 

    बैठकले नेपाली सेनाका एक जना सहायक रथी र एक जना महासेनानीको पदावधि थप गर्ने, साथै, तीन सहायक रथी र एक महासेनानी पदमा बढुवा गर्ने सरकारको निर्णय रहेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com