काठमाडौँ / स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
बजारमा आज छापावाल सुन तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । यसअघि तोलामा २ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीलाई आज १ हजार ९९५ रुपैयाँ पर्नेछ ।