आज विक्रम संवत् २०८२ साल जेठ १३ गते, मङ्गलबार, तदनुसार इस्वी सन् २०२५ मे २७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, औँशी तिथी, बिहान ८ः५९ बजेपछि प्रतिपदा, कृतिका नक्षत्र, बिहान ६ः८ बजेपछि रोहिणी नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विपक्षीले तपाईंको राम्रो बोलीलाई गलत रूपमा लिँदै साख गिराउने प्रयास गर्न सक्छन्। व्यापार, शेयर बजार वा उद्योगमा सोचविचार गरेर मात्रै लगानी गर्नुहोला। आफन्तसँग आर्थिक राय नमिल्दा तनाव आउन सक्छ। कर्जा, उधारोमा होसियार रहनुपर्छ। नियमित आय यथावत् रहनेछ, तर अनावश्यक विवाद टार्न संयम अपनाउनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक र कलात्मक काम सुरु गर्न अनुकूल समय हो, जसले भविष्यमा आयका स्रोत खोल्नेछ। व्यापारमा समय र पूँजी लगानी गर्दा मनग्गे फाइदा मिल्नेछ। टेक्निकल क्षेत्रमा लगानी वा अध्ययन लाभदायक हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र आर्थिक उन्नतिको बाटो खुल्नेछ। पुराना सफलताले आत्मबल बढाउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कानुनको पालना नगर्दा जरिवाना भोग्नुपर्ने सम्भावना छ, त्यसैले सजग रहनुहोस्। यात्रामा खर्च बढ्न सक्छ, तर वैदेशिक आम्दानीको योग रहेको छ। विदेशमा काम वा अध्ययन गरिरहेका व्यक्तिले सन्तोषजनक परिणाम प्राप्त गर्नेछन्। व्यापारमा लगानी बढाउनुपर्ने देखिन्छ, तर सावधानी नअपनाउँदा धोका हुन सक्छ। दोहोरो प्रयासबाट मात्र आर्थिक लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपहार र चिट्ठा प्राप्तिले मन प्रसन्न हुनेछ। तरल तथा खनिज पदार्थको व्यवसाय फस्टाउनेछ, आर्थिक अवस्था मजबुत बन्नेछ। कृषि र पशुपालनलाई नयाँ प्रविधिसँग जोड्दा आम्दानी बढ्नेछ। नयाँ अनुबन्ध लाभदायक हुनेछन् भने मिहिनेतले आर्थिक सफलता दिलाउनेछ। सावधानी नअपनाउँदा अरूले तपाईंको श्रमको फाइदा उठाउने प्रयास गर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चन्द्रमाको प्रभावले व्यापार र शेयर बजारबाट लाभ मिल्नेछ। रोजगारीमा नयाँ अवसर र स्थानान्तरणको योग छ। सामाजिक कार्यमा सक्रियताले प्रतिष्ठा बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ र दिगो काममा जग बसाउने समय हो। पदासीन व्यक्तिहरूसँग सम्बन्ध प्रगाढ हुनेछ भने अरूलाई प्रभावित पारेर इनाम र मानसम्मान कमाउने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरपरिवारमा मनमुटाव आउन सक्छ, तर सेवामूलक व्यवसायले राम्रो प्रगति गर्नेछ। लामो दूरीको यात्राबाट अध्ययन वा कामको अवसर खुल्नेछ। पहिले रोकिएको काम बन्नेछ र आम्दानी बढ्नेछ। परिस्थितिवश केही खर्च र बाधा आउन सक्छ, तर मिहिनेतले भविष्यका लागि नयाँ सम्भावना देखिनेछ। समयअनुसार चल्दा आर्थिक स्थायित्व कायम रहन सक्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा आम्दानी बढाउन धेरै समय र श्रम खर्चिनु पर्नेछ। आयस्रोत बढाउन मित्रको सहयोग मिल्नेछ भने अप्रत्याशित धनलाभको सम्भावना पनि देखिन्छ। स्वास्थ्य र सवारी प्रयोगमा सतर्क रहनुहोस्, नत्र खर्च बढ्न सक्छ। परिश्रमले जटिल काममा सफलता मिल्न सक्छ। चुनौतीबीच अवसर देखिने दिन हो, गोप्य रूपमा लाभ हुने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्ष सबल रहनेछ, जसले जीवनशैलीमा विलासिता थप्नेछ। नयाँ काम सुरु गरी आम्दानी बढाउन सकिनेछ र भौतिक सम्पत्ति जोड्न सफल भइनेछ। व्यापारमा जीवनसाथीको सल्लाह लाभदायक हुनेछ। छोटो प्रयासमै फाइदा मिल्नेछ। नयाँ अवसर, यात्रा र उपहारले मन उत्साहित बनाउनेछ। परिवारको साथले आत्मबल बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो लगानीबाट व्यापारमा लाभ उठाउन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी भविष्यमा आम्दानीको स्रोत बन्नेछ। रोकिएका काम बन्नेछ र नयाँ योजनाहरू अगाडि बढ्नेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। प्रतिस्पर्धामा बुद्धिको प्रयोगले सफलता मिल्नेछ। स्वास्थ्यमा खर्च हुन सक्ने सम्भावना भएकाले आहारविहारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा तनाव बढ्न सक्छ, जसले आर्थिक क्षेत्रमा प्रभाव पार्न सक्छ। सुधारात्मक लगानी असफल हुन सक्छ, त्यसैले सचेत रहनुहोस्। मेहनतले व्यापारमा फड्को मार्न सकिनेछ र छोटो समयमा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ, नत्र अध्ययन र काममा असर पर्न सक्छ। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ भने सन्तानको साथले मनोबल बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि र पशुपालनमा लगानीबाट राम्रो आम्दानी हुनेछ। तर अरूको काममा समय खर्च हुँदा आफ्ना काम पछि पर्न सक्छन्। घरपरिवारबाट पूर्ण सहयोग नपाएर मनमा तनाव आउन सक्छ। साझेदारीमा समस्या देखिन सक्छ, त्यसैले सम्झौता गर्दा सावधानी अपनाउनुहोस्। निर्णय लिन हतार नगर्नुहोस् र योजना सार्वजनिक गर्नु अघि सोचविचार गर्नुपर्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले ख्याल राख्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानो प्रयासले ठूलो फाइदा मिल्नेछ भने प्रतिस्पर्धीहरू पराजित हुनेछन्। उद्योग, व्यापार र शेयर बजारमा लगानीले मनग्गे आम्दानी हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर पाइनेछ। दाजुभाइ र आफन्तसँग सम्बन्ध सुधार हुनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। मेहनत र धैर्यले सफलता दिलाउनेछ भने प्रेम र मित्रता बलियो हुनेछन्। प्रतिस्पर्धीहरूबाट सहयोग पाउन सकिनेछ।