एनआइसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

एनआइसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • images
    images
    एनआइसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता प्रदान
    images
    images

    काठमाडौँ / एनआइसी एसिया लघुवित्तले बागमती, कोशी र सुदुरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुरपश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो । 

    कार्यक्रमबाट सिंगटी शाखाका ३१ जना, धाइजन शाखाका ७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरू लाभान्वित भएका छन् । संस्थाले ग्रामीण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । 

    कार्यक्रममा संस्थाका प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मले बचतको उपयोगिता, कर्जाको सहि प्रयोगद्वारा आर्थिक जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए । 

    कार्यक्रमका सहभागीहरूले आफुले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया व्यक्त गरेका थिए । संस्थाले यस्ता कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।    

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com