images
Logo
images

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता, ग्राहकहरूलाई आकर्षक छुट

    पोखरा / प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबिच व्यवसायिक साझेदारी भएको छ ।व्यवसायिक साझेदारीको लागि कार्यक्रमकाबिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    images
    images

    गत शुक्रबार एक समारोहकाबिच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ.)– राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरूको बाक्लो आवागमन हुने गर्दछ ।

    यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरूबाट दर्शनार्थीहरूको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम सङ्ग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरूको अवलोकनका लागि विभिन्न ठाउँहरूबाट पनि पर्यटकहरूको आवतजावत हुने गर्दछ । 

    पर्यटकीय स्थलको रूपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । 

    प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय