नाडा अध्यक्ष चौधरीको नेतृत्वले गभर्नर डा. पौडेललाई बुझायो अटोमोबाइल क्षेत्र सुधारका लागि पाँच बुँदे सुझाव

नाडा अध्यक्ष चौधरीको नेतृत्वले गभर्नर डा. पौडेललाई बुझायो अटोमोबाइल क्षेत्र सुधारका लागि पाँच बुँदे सुझाव

आइतवार, जेठ ११ २०८२
आइतवार, जेठ ११ २०८२
  • नाडा अध्यक्ष चौधरीको नेतृत्वले गभर्नर डा. पौडेललाई बुझायो अटोमोबाइल क्षेत्र सुधारका लागि पाँच बुँदे सुझाव

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वबीच शुक्रबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

    images
    images

    अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत चुनौतीहरूबारे गम्भीर छलफल गर्दै तत्काल कार्यान्वयन गर्न सकिने पाँच बुँदे सुझावपत्र गभर्नर पौडेललाई प्रस्तुत गरेको छ।

    अध्यक्ष चौधरीले अटोमोबाइल उद्योगको आर्थिक योगदान-जसमा राजस्व, रोजगारी सिर्जना, प्रविधि स्थानान्तरण र दिगो विकास-उल्लेखनीय रहेको जनाउँदै, नीति, वित्त र व्यवहारबीच सन्तुलन कायम गर्न जरुरी रहेको बताए।

    सुझावहरू

    १. ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन सुनिश्चित गरियोस् : अटो ऋण खोलिएको एक वर्ष भए पनि बैंकहरूले व्यावहारिक रूपमा कर्जा प्रवाह नगरेको भन्दै तत्काल स्पष्टता र कार्यान्वयनको माग गरिएको छ।

    २.  Loan-to-Value (LTV) अनुपात कम्तीमा ७०% बनाइयोस् : हालको ५०% LTV सिमा उद्योग तथा उपभोक्ता दुवैका लागि अवरोध भएको भन्दै संपूर्ण अटोमोबाइल सेग्मेन्टमा LTV बढाउन आग्रह गरिएको छ।

    ३. Debt Service Ratio (DSR) मा लचकता ल्याइयोस् : हालको कडाभन्दा कडो कर्जा नीतिले मध्यम वर्गीय र तलवमा आधारित ग्राहकहरू ऋणबाट वञ्चित भएको जनाउँदै यथार्थपरक र व्यवहारिक लचकता माग गरिएको छ।

    ४. EV र Hybrid सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस् : दिगो ऊर्जा र वातावरणीय लक्ष्य पूर्तिका लागि विद्युतीय तथा हाइब्रिड सवारीको कर्जा पहुँच सहज बनाउन, विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रम ल्याउन सिफारिस गरिएको छ।

    ५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडा पारियोस् : बैंकहरूले निश्चित डिलरसँग मात्र जोडेर ऋण दिन बाध्य पार्ने व्यवहार अन्त्य गर्न राष्ट्र बैंकले स्पष्ट निर्देशिका र निगरानी व्यवस्था बनाउने माग गरिएको छ।

    नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति निर्माणमा नेपाल राष्ट्र बैंकको सहकार्यमा संयुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रस्ताव पनि राखे। छलफलका क्रममा गभर्नर डा. पौडेलले नाडाले प्रस्तुत गरेका सुझावहरूलाई गम्भीरताका साथ अध्ययन गरिने आश्वासन दिँदै, आवश्यक समन्वय तथा छलफल मार्फत अगाडि बढ्ने प्रतिबद्धता जनाए।

    भेटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य यमुना श्रेष्ठ र दिपेन्द्रकुमार मिश्रको पनि उपस्थिति थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय