काठमाडौँ / महालक्ष्मी विकास बैंकले वार्षिकोत्सवको अवसरमा महिला उद्यमीहरूलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहरू गरी सम्मान गरेको छ । बैंकले जेठ ७ गते ३१ औँ वर्पमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि २०८२ जेठ १० गतेसम्म महिनाब्यापी रूपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहरू गरी सम्मान गरेको हो ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैङ्गिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्दि«य कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रमहरूमार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको हो ।
साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्दि«य कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो ।
यसका साथै बैंकको केन्दि«य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरूः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो ।
वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रूपमा रहेको र विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।