images
Logo
images

बिमा प्राधिकरणको मासिक तथ्याङ्क संस्करण बिमा प्रतिबिम्ब प्रकाशन गर्न सुरु

बिमा प्राधिकरणको मासिक तथ्याङ्क संस्करण बिमा प्रतिबिम्ब प्रकाशन गर्न सुरु

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • बिमा प्राधिकरणको मासिक तथ्याङ्क संस्करण बिमा प्रतिबिम्ब प्रकाशन गर्न सुरु

    नेपाल बिमा प्राधिकरणले बिमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कहरूको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण बिमा प्रतिबिम्ब प्रकाशन गर्न सुरु गरेको छ । बिमा कम्पनीहरूको वित्तीय अवस्था, बिमा पहुँच, बिमा दाबी, दाबी फछ्र्यौट, बिमालेख संख्या, बिमाशुल्क सङ्कलनलगायत बिमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिकरूपमा प्रकाशन गर्न सुरु गरिएको हो  ।

    images
    images

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बिमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए । 

    अध्यक्ष ओझाले बिमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणबाट बिमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बिमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बिमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

    चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बिमालेख संख्या, बिमाशुल्क सङ्कलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बिमकका शाखा कार्यालय तथा कर्मचारी सङ्ख्या, बिमकको लगानी विवरण, कूल बिमालेख संख्या, बिमा शुल्क संकलन र सोल्भन्सी अनुपातलगायतका विवरण समावेश गरिएका छन् ।

    यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बिमा प्राधिकरणबाट सम्पादन भएका काम कार्यवाही सहित मुख्य मुख्य उपलब्धिहरू बिमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणमा समावेश गरिएका छन् । 

    जसअनुसार, प्राधकरणबाट नियामकीय काम कारवाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, बिमकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बिमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय