हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • images
    images
    हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित
    images
    images

    भोजपुर / वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍याएपछि भोजपुर बोखिमका किसान चिन्तित भएका छन् । हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । 

    निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रूपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ। 
     
    बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । 

    भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com