images
Logo
images

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प, छैन सुनामीको खतरा

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प, छैन सुनामीको खतरा

शुक्रवार, भदौ ६ २०८२
शुक्रवार, भदौ ६ २०८२
  • अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प, छैन सुनामीको खतरा

    चिलीको अन्टार्कटिक क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको थियो । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ ।

    images
    images

    ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ ।

    चिलीको राष्ट्रिय विपद् प्रतिक्रिया सेवा (सेनाप्रेड)ले भूकम्पलाई ‘मध्यम तीव्रता’ को रूपमा व्याख्या गर्दै अन्टार्कटिक क्षेत्रका लागि ‘सावधानी चेतावनी’ जारी गरेको छ ।

    चिलीको गृह मन्त्रालयको एक स्रोतका अनुसार दक्षिण अमेरिकी महाद्वीपको सबैभन्दा दक्षिणी बसोबास भएको क्षेत्र ‘म्यागालेन्स क्षेत्रका लागि कुनै खतरा छैन’ भनिएको छ ।

    सेनाप्रेडले सावधानीको अवस्थामा राष्ट्रिय अन्टार्कटिक क्षेत्रका ‘समुद्र तट क्षेत्रहरू’ र ‘चट्टानी किनारहरू’ खाली गर्न आवश्यक रहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय