गभर्नर पौडेलको नियुक्तिपछि डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट, कसले कुन विभागको पाए जिम्मा ?

गभर्नर पौडेलको नियुक्तिपछि डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट, कसले कुन विभागको पाए जिम्मा ?

शनिवार, जेठ १० २०८२
शनिवार, जेठ १० २०८२
  • गभर्नर पौडेलको नियुक्तिपछि डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट, कसले कुन विभागको पाए जिम्मा ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।

    images
    images

    यसअनुसार ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी पाएकी छन् ।

    त्यस्तै, मिश्रलाई बैंक सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

    गभर्नरको कार्यालय भने गभर्नरमार्फत प्रत्यक्ष रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर निलम ढुङ्गाना कायम मुकायम गभर्नर बनेपछि सबै विभागको जिम्मेवारी बमबहादुर मिश्रलाई दिइएको थियो ।

    नयाँ गभर्नर नियुक्त भएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय