भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा

भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको सत्ता आवश्यक : जनार्दन शर्मा
    images
    images

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वमन्त्री जनार्दन शर्माले भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रशासनसहितको दिगो नेतृत्वको सत्ता आवश्यकता रहेको बताएका छन् ।

    वर्तमान राजनीतिक समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्ने गरेको भएपनि थोरै पनि लागू गर्न नसकेको बताएका हुन् ।

    उनले भने, “विगतमा सुशासन र भ्रष्टाचारबारे धेरै बोल्यौं । तर थोरै पनि लागू गर्न सकेनौं । अब हामीसँग भ्रष्टाचार मुक्त जनउत्तरदायी प्रशासन सहितको दिर्घ नेतृत्वको सत्ता आवश्यकता छ । देशमा रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारणले  अधिकांश युवा विदेशमा पसिना बगाइरहेका छन् । यसबाट देशलाई गम्भिर समस्या आइलागेका छन् । देश विकास र समृद्धिको लागि चाहिने युवा शक्ति जोश जाँगर  र परिश्रम विदेशको विकास र समृद्धिमा तल्लिन हुनु परेको छ ।”

    साथै उनले नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठूलो कारक तत्वको रूपमा कार्यकारी संयन्त्र अन्तरगतका संस्था र  संस्थागत संरचना भएको बताए । उनले नेपाल एक असफल राष्ट्र भएको बताउँदै जनताको निराशा र आक्रोश चुलिँदै गएको बताए ।
    यसैगरी नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी र कुशासनको सुशासन भएको बताए । उनले संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरूले यो चरण पार गरेर जानुपर्ने बताए ।

    उनले भने, “अहिलेको समस्याको समाधान बेरोजगारीको रोजगारी हो । कुशासनको सुशासन हो । संसारको विकासको इतिहास, स्थायित्वको इतिहास, सफलताको इतिहास जस्तोसुकै इतिहास पढ्नुस् हाम्रा जस्ता समाजहरूले यो चरण पार गरेर जानुपर्छ । अरु राजनीतिक ब्याख्या, अर्थशास्त्रीहरूको ब्याख्या, अरु समाजशास्त्रीहरूको ब्याख्या यसले काम दिँदैन । र नेपाली समाजमा जुन ज्वरो आउँदैछ , ज्वरोको डिग्री बढ्दैछ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com