images
Logo
images

तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण

तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण

    काठमाडौँ / वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन्।

    images
    images

    हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन्। सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन्। 

    यसअघि मौसम अनुकूल भएसँगै गत आइतबार एकैदिन १३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय