नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
    images
    images

    काठमाडौँ / सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।  

    उनले भने, ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ । एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो भएको छ ।’ 

    पौडेल राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका हुन् । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com