लिङ्देन भन्छन् – आजै सत्ता फेरौँ, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने चाहाना छ

लिङ्देन भन्छन् – आजै सत्ता फेरौँ, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने चाहाना छ

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    लिङ्देन भन्छन् – आजै सत्ता फेरौँ, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने चाहाना छ
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन् । 

    मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए ।  

    उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौँ त्यो एकै दिनमा हुने कुरा होइन । मैले पाएँ भने त आजै सत्ता फेरौँ, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन भन्ने कुरा हेर्नुपर्छ । त्यसकारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन ।’

    यस्तै, उनले नेपालमा भएका ठूला ठूला परिवर्तन चुनावबाट नभएको भन्दै अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस् भन्ने सोचेर अगाडि बढि रहेको बताए । 

    उनले भने, ‘आन्दोलन मूल रूपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागि रहेका छौँ । त्यो तरिकाले आन्दोलन अगाडि बढाइ रहेका छौँ । नेपालमा भएका कुनैपनि परिवर्तन चुनावबाट भएको छैन । ०७ साल, ०१७, ०४६, ०६२÷६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन । त्यसकारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेका छौँ ।’ 

    उनले समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरूलाई ठाउँ दिएर देशलाई निकास दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com