पल्सर एन१२५ बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगमदेखि उर्गेनसम्मको लाइभ प्रस्तुति

पल्सर एन१२५ बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगमदेखि उर्गेनसम्मको लाइभ प्रस्तुति

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • images
    images
    पल्सर एन१२५ बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै, सुगमदेखि उर्गेनसम्मको लाइभ प्रस्तुति
    images
    images

    काठमाडौँ / पल्सर एन१२५ झापा, बिर्तामोडमा पल्सर सांगीतिक कार्यक्रमसहित लन्च गरिने भएको छ । 

    नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । 

    बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिने भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ । 

    जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। 

    कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।  

    कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५  हो, जसमा १२४.५८अअ एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ ल्m टर्क उत्पादन गर्दछ। 

    यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

    हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, “एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com