संसद जनताहरूलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

संसद जनताहरूलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    संसद जनताहरूलाई ढाट्ने थलो बन्यो : सांसद कार्की
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरूलाई ढाट्ने  थलो रहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘बाहिरबाट हेर्दाखेरी यो संसदको लोप लाग्थ्यो । तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने  थलो पो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरष्ठ ठाउँ त कहिँ पनि रहेनछ । यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिदो रहेछ । यहाँ कुसीहरू खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रूपबाट ढाट्दो रहेछ ।’

    साथै उनले यो सरकार निरकुंश भैइरहेको बताइन् । उनले बन्नुपर्ने विषयहरूमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरू खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन् ।

    उनले भनिन्, ‘बन्नुपर्ने विषयहरूमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरू खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ । यो सरकार निरकुंश भैइरहेको छ । बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो  नेपाली जनातालाई  उपहार ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com