काठमाडौँ / साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।