जलवायु परिवर्तनको प्रभाव सामना गर्न हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गनुर्पछ : अध्यक्ष ढकाल

जलवायु परिवर्तनको प्रभाव सामना गर्न हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गनुर्पछ : अध्यक्ष ढकाल

शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • images
    images
    जलवायु परिवर्तनको प्रभाव सामना गर्न हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गनुर्पछ : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हरित जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय जलवायु वित्तीय संयन्त्रहरूमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

    निजी क्षेत्र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा भोगिरहेको भन्दै उनले त्यसको समाधानमा सक्रिय भूमिकाको लागि तयार रहेको उल्लेख गरे । 

    काठमाडौँमा जारी सगरमाथा संवादमा निजी क्षेत्रको तर्फबाट आफ्ना धारणा राख्दै अध्यक्ष ढकालले नेपालका व्यवसायिक क्षेत्रहरू पहिल्यैदेखि जलवायु परिवर्तनको प्रत्यक्ष असर झेलिरहेको बताए । 

    अध्यक्ष ढकालले जलवायु समाधानमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन जलवायु वित्तीय संयन्त्रहरूमा प्रत्यक्ष पहुँच आवश्यक भएको स्पष्ट पारे । 

    “यदि नेपालले जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी रूपमा अनुकूलन र प्रतिक्रिया दिनु प¥यो भने, अन्तर्राष्ट्रिय जलवायु वित्तीय स्रोतहरूमा निजी क्षेत्रको पहुँच सरल र सहज हुनुपर्छ,” उनले जोड दिए । 

    आपूर्ती श्रृङ्खलामा अवरोध, कृषि तथा पर्यटनमा सङ्कट यी सबै जलवायु परिवर्तनका कारण भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यी समस्या समाधानको लागि विश्व समुदायको तत्काल ध्यान जान जरूरी रहेको बताए ।   

    नेपालका होटलहरू सौर्य ऊर्जामा रूपान्तरण भइरहेको, किसानहरूले जलवायु–मैत्री विधिहरू अपनाइरहेको र जलविद्युत् कम्पनीहरूले स्वच्छ ऊर्जामा लगानी बढाइरहेका उल्लेख गर्दै अध्यक्ष निजी क्षेत्रले गरेका प्रयासलाई विस्तारमा थप सहयोग आवश्यक रहेको बताए । 

    तेस्रो ध्रुव (थर्डपोल)का रूपमा परिचित हिमालय क्षेत्र विश्वका अन्य क्षेत्रभन्दा तीव्र रूपमा तातिरहेको; यसले बाढीपहिरो र नदी प्रणालीमा परिवर्तन ल्याइरहेको, यसको असर पानी आपूर्ति, कृषि, र लाखौँ मानिसको जीविकोपार्जनमा देखिएको भन्दै अध्यक्ष ढकालले विश्वसमुदायको ध्यानाकृष्ट गराए । 

    विदेशी लगानी र प्रविधि हस्तान्तरणले नेपालको जलवायु सहनशीलता बलियो बनाउन ठूलो भूमिका खेल्ने भन्दै उनले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन ३० भन्दा बढी कानुनमा सुधार गरेको, दुईपक्षीय लगानी सम्झौताको रूपरेखा तयार गरेको, र हाल विदेशी मुद्रा सञ्चिति १७.६३ अर्ब अमेरिकी डलर पुगेको जानकारी दिँदै अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे । 

    हिमालहरू जोगाउन, जनताको भविष्य सुरक्षित गर्न, र समावेशी, सुरक्षित तथा दिगो भविष्य निर्माण गर्न ढिला गर्न नहुने भन्दै अध्यक्ष ढकालले त्यो सहकार्यका लागि विश्व समुदायलाई आग्रह गरे । उनले त्यो साझेदारी र र सहकार्यका लागि  निजी क्षेत्र सधैं तयार रहेको समेत बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com