आज विक्रम संवत २०८२ साल जेष्ठ ३ गते, शनिबार, तदनुसार ईश्वी सन् २०२५ मे १७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, पञ्चमी तिथि, पूर्वाषाढा नक्षत्र, आनन्दादिमा–मातंग योग, चन्द्रराशि–धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिले आजको दिन शुभ छ। रोकिएको धन प्राप्त हुने सम्भावना छ भने आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। प्रविधिको सहायताले काम सजिलो बन्नेछ। सानो प्रयासले ठूला उपलब्धि मिल्ने संकेत छन्। खर्च र लगानीमा सन्तुलन राख्दा आर्थिक स्थायित्व कायम रहनेछ। धन, यश र पुरस्कार प्राप्तिको योग बलियो छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आर्थिक क्षेत्र केही चुनौतीपूर्ण देखिन्छ। आम्दानी घट्ने र खर्च बढ्ने सम्भावना छ, विशेषतः व्यापारमा ध्यान नदिँदा घाटा हुन सक्छ। न्यून पारिश्रमिकले मन खिन्न बन्न सक्छ। तर मिहिनेत गर्दा आकस्मिक लाभ मिल्ने संकेत छन्। खर्चमा नियन्त्रण राख्दै दीर्घकालीन फाइदामूलक काममा केन्द्रित हुनुपर्ने समय हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आर्थिक क्षेत्रमा अवसर र चुनौती दुबै छन्। तार्किक क्षमता र वाणीको प्रभावले आम्दानीका स्रोत विस्तार हुन सक्छन्। व्यापारमा लाभ र रमाइलो यात्राको योग छ, विशेष गरी साझेदारी व्यवसायमा प्रगति हुनेछ। वित्तीय संस्थाबाट लाभ मिल्नेछ। तर, नोकरीको तनावले पारिवारिक वातावरण प्रभावित नहोस्। गोप्यता र सोचपूर्वक निर्णय लिनु आर्थिक सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन आर्थिक रूपमा उत्साहजनक रहनेछ। व्यवसायमा प्रशस्त आम्दानी हुनेछ र पुराना कारोबार समाधान हुनेछन्। नयाँ आर्थिक योजना प्रारम्भ गर्न अनुकूल समय हो। प्रतिस्पर्धामा सफलता पाइनेछ, शत्रुहरू परास्त हुनेछन्। मिहिनेतले आर्थिक लाभ दिलाउनेछ। परिवार र आफन्तको सहयोगले आत्मबल बढ्नेछ। लगानी तथा नयाँ काम थालनीका लागि दिन शुभ रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत छन्। खाद्यान्न र गरगहनाको व्यापारमा वृद्धि हुनेछ, जसले आम्दानी बढाउनेछ। विलासी खर्चले अरूको ध्यान तान्न सकिएला, तर बजेटमा सन्तुलन राख्न जरुरी छ। वैदेशिक यात्रा तथा नयाँ व्यापार अवसरहरू आउन सक्छन्। दिगो फाइदा हुने योजनाहरू प्रारम्भ गर्न उपयुक्त समय हो। विश्वासघातबाट बच्न सावधानी अपनाउनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मिश्रित रहनेछ। कृषि, पशुपालन र सवारी साधनको व्यापारबाट राम्रो आम्दानी हुन सक्छ। तर, काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ, जसले अल्पकालीन दबाब ल्याउनेछ। आम्दानीका स्रोत स्थिर भए पनि गोपनीयता र स्वास्थ्यप्रति सजग रहनु जरुरी छ। सुधारात्मक उपाय र सही सल्लाहले आर्थिक स्थिति मजबुत बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन लाभदायक रहनेछ। आम्दानी बढाउने काम सफलतापूर्वक सम्पन्न हुनेछन् र व्यापारमा मनग्य धनलाभ हुनेछ। दाजुभाइ र साथीभाइको सहयोगले आर्थिक निर्णयमा बल पुग्नेछ। योजनाबद्ध प्रयासले दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ। यात्राको क्रममा नयाँ अवसर देखा पर्न सक्छ। खर्चसँगै आम्दानीमा वृद्धि हुने दिन हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आर्थिक रूपमा स्थिर तर सम्भावनायुक्त रहनेछ। व्यापारमा लाभ मिल्नेछ र सानो प्रयासबाट उल्लेख्य फाइदा उठाउन सकिनेछ। इष्टमित्रको सहयोग र मधुर वाणीले लाभदायक सम्झौता गराउन सक्छ। बोलीमा संयम राख्दा बनेको काम सफल हुनेछ। पुराना सम्पर्क पुनः सक्रिय भई भविष्यमा आर्थिक फाइदा दिलाउन सक्छन्। योजनाबद्ध कामले आर्थिक संकट निवारण गर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। व्यवसायबाट मनग्य आम्दानी हुनेछ, र नयाँ आयस्रोत पहिल्याउने अवसर मिल्नेछ। नौलो काममा लगानीले दीर्घकालीन फाइदा दिलाउनेछ। कलाकारिता, संगीत वा सृजनात्मक पेसामा समय दिएका व्यक्तिहरूले राम्रो आम्दानी कमाउने सम्भावना छ। सवारी साधन प्राप्तिको योग छ। भौतिक लाभसँगै प्रतिष्ठा पनि बढ्ने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आर्थिक क्षेत्रमा चुनौतीहरू देखिन्छन्। विदेशी सामानको व्यापार फस्टाउने सम्भावना भए पनि उधारो र बढ्दो खर्चले दबाब दिन सक्छ। विदेशी यात्रा र वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। तर, विवाद र असमझदारीले मन खिन्न हुन सक्छ। गैर न्यायिक कामबाट बच्नुपर्नेछ। मिहिनेतको फल अरूले हत्याउन खोज्न सक्छन्, सावधानी अपनाउनुहोला। खर्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आर्थिक दृष्टिले अत्यन्त राम्रो दिन छ। व्यापार र पशुपालनबाट मनग्गे लाभ हुनेछ। नयाँ व्यापार थालनीका लागि अनुकूल समय छ। पूर्ख्यौली सम्पत्तिको सदुपयोगले धन वृद्धि हुनेछ। पढाइमा उत्कृष्ट परिणामले मन प्रसन्न बनाउनेछ। सट्टापट्टा र लेनदेनबाट पनि राम्रो फाइदा मिल्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ भने सामाजिक काममा केही खर्च हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज आर्थिक क्षेत्र राम्रो रहनेछ। कृषि र पशुपालनबाट लाभ हुनेछ भने नयाँ सोचले व्यवसाय फस्टाउनेछ। व्यापार र नोकरीमा सफलता मिल्नेछ। सहयोगीहरूको समर्थनले काम सहज बन्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र भौतिक साधनहरू जुट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। लगानी र प्रयासले आर्थिक प्रगति सुनिश्चित हुनेछ।