काठमाडौँ / महालक्ष्मी विकास बैंकले ग्राहकहरूको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई मासिक किस्तामा (इक्विल मन्थली इन्टलमेन्ट)आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।
‘बाइ ह्वाट यु लभ, पे हउ यु लाइकक’ भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफूले खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी ३ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न सक्नेछन् ।
नेपाल, भारत वा भुटानभित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरूबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरूले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआइ प्रोसेसिङ शुल्क लिनेछैन ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।