अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ १९ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ १९ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    अमेरिकी डलरको बिक्री मूल्य १३७ रुपैयाँ १९ पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । 
     
    यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा  र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकेको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३६ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com