मखन टोलमा भएको भीषण आगलागीमा मृत्यु हुने महिला को हुन् ?

मखन टोलमा भएको भीषण आगलागीमा मृत्यु हुने महिला को हुन् ?

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    मखन टोलमा भएको भीषण आगलागीमा मृत्यु हुने महिला को हुन् ?
    images
    images

    काठमाडौँको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ ः ५० बजे  काठमाडौँ महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

    दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो । आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । 

    मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । 

    दोलखाको चरिकोटकी स्थानीय भएका कारण उनलाई स्थानीयले ‘चरिकोटे बुढी’ भनेर चिन्थे । आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको अनुमान गरिएको छ । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले बिहान ८ बजेर  ५३ मिनेटमा आगो नियन्त्रणमा लिएका छन् ।

    उनले भने, “बिहान ६ ः ५० बजे काठमाडौँ महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको हो । त्यो  आगो पछि छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भयो ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com