बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • images
    images
    बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा
    images
    images

    काठमाडौँ / नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

    हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरू मध्येबाट, 'लक्की ड्र' मार्फत यस एण्ड ब्रदर्स अटो प्रा.लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन्।

    यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू समेत जित्ने अवसर पाएका थिए । 

    बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएका छन् । ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए । 

    सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी 'लक्की ड्र' प्रक्रियामार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए । 

    “‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो, साथै  हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरूवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरू गरेका थियौं, हामी श्री मोसीम आलमलाई विजेताको रूपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ” कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने ।

    त्यस्तै, नगद एक लाख विजेता श्री मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी र कृतज्ञता व्यक्त गर्दै भने, “मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अति नै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ‘खुशीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com