काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ ।
चैत मसान्तसम्म आयात १२.२ प्रतिशत र निर्यात ६५.२ प्रतिशतले बृद्धि भएको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १० प्रतिशतले र अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको छ । यसैगरी, शोधानान्तर स्थिति ३४६ अर्ब २३ करोडले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।
त्यस्तै, नेपाल सरकारको खर्च ९९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८३१ अर्ब ४० करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।
विस्तृत तालिकामा हेर्नुस्