images
Logo
images

भारत पाकिस्तान तनाब बढ्दा नेपालमा सशस्त्रले ४८ घण्टामा बढायो १८४४ चेकप्वाइन्ट

भारत पाकिस्तान तनाब बढ्दा नेपालमा सशस्त्रले ४८ घण्टामा बढायो १८४४ चेकप्वाइन्ट

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • भारत पाकिस्तान तनाब बढ्दा नेपालमा सशस्त्रले ४८ घण्टामा बढायो १८४४ चेकप्वाइन्ट

    काठमाडौं / पछिल्लो समयमा विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाईन्ट राखेको छ । भारत पाकिस्थान तनाब बढ्दै जाँदा सुरक्ष परिस्थितिलाई मध्य नजर गर्दै सशस्त्र प्रहरीले चेकप्वाइन्टहरु बढाएको हो  

    images
    images

    बैशाख २३ गते मंगलबार बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरिएको छ ।
     
    भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल बैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल बैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ ।

    सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको छ । बैशाख २३ गते ५ सय ६४, बैशाख २४ गते ६ सय ४० र बैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाईन्ट राखिएको   सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिईएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता  (शैलेन्द्र थापाले बताए । 

    sasastra.jpg

    उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढि सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ । 

    सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ । 

    तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको छ । 

    यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय