ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु,  ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित हुने

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु,  ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित हुने

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु,  ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित हुने

    ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस (एसिएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ । यस सुविधापश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि acquire गर्न सक्नेछ र बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    एननसिएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा इकमर्स ट्रान्जेक्सनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै डोमेस्टिक र इन्टरनेसनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न सहज हुनेछ । 

    साथै, यस पेमेन्ट गेटवले थ्रीडि सेक्युर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरेपश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।

    ग्लोबल आइएमइ बैंकले ७७ जिल्लामा ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    एनसिएचएलले हाल १२ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागितासँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय