फोनपेको २१औँ एशियन पेमेन्ट नेटवर्कको फोरम आयोजना, फोनपे एपीएनका उपाध्यक्षको रूपमा नियुक्त

फोनपेको २१औँ एशियन पेमेन्ट नेटवर्कको फोरम आयोजना, फोनपे एपीएनका उपाध्यक्षको रूपमा नियुक्त

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • images
    images
    फोनपेको २१औँ एशियन पेमेन्ट नेटवर्कको फोरम आयोजना, फोनपे एपीएनका उपाध्यक्षको रूपमा नियुक्त
    images
    images

    ललितपुर / फोनपे, नेपालको अग्रणी भुक्तानी नेटवर्कले, काठमाडौँमा एशियन पेमेन्ट नेटवर्क (एपीएन) २१औँ फोरमको पहिलो बैठक आयोजना गरेको छ ।काठमाडौँस्थित हिल्टन काठमाडौँ होटलमा मे ६–७ मा एशियन आयोजिक उक्त बैठक नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको बताइएको छ । 

    यो प्रतिष्ठित कार्यक्रममा एशियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरू भेला भई एशियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारण गर्न जुटेका थिए। दुई दिनसम्म चलेको फोरमले एशियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र रणनीतिक संवादको मञ्च प्रदान गर्यो । 

    यस फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरणहरू र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।

    फोरमको सुरुआत एक विशेष उच्चस्तरीय भेटघाटबाट भयो, जहाँ एपीएन प्रतिनिधिहरूले नेपालका प्रधानमन्त्री माननीय केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालयमै भेट गर्ने अवसर पाए ।

    यो उच्चस्तरीय सहभागिताले कार्यक्रममा सरकारको महत्त्व दर्शाएको थियो र डिजिटल भुक्तानी क्षेत्रमा क्षेत्रीय सहकार्य र नवप्रवर्तनलाई सुदृढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको थियो । फोरमको पहिलो दिन एपीएनको वार्षिक साधारणसभा सम्पन्न भएको थियो । 

    जसमा प्रमुख कार्यसूचीहरू अन्तर्गत ब्एल् चार्टरमा अद्यावधिक, कार्ड र नन-कार्ड सीमापार भुक्तानी पहलहरूको प्रगतिबारे जानकारी र उप(समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो ।

    प्रमुख नेतृत्व परिवर्तन अन्तर्गत, फिलिपिन्सको BancNet नयाँ अध्यक्ष पदमा चयन गरियो, भने नेपालबाट फोनपे उपाध्यक्ष पदमा चयन गरियो। व्यापार उ-समितिको अध्यक्षमा इन्डोनेसियाको Rintis र उपाध्यक्षमा भियतनामको NAPAS चयन भए। प्राविधिक उप-समितिको अध्यक्षमा नेपालबाट फोनपे र उपाध्यक्षमा चीनको UnionPay चयन भए। 

    यस्तै, जोखिम उप-समितिको अध्यक्षमा थाइल्याण्डको NITMX र उपाध्यक्षमा इन्डोनेसियाको Artajasa चयन गरिए । मलेसियाको PayNetलाई आगामी कार्यकालका लागि लेखा परीक्षक (Auditor) र सिंगापुरको NETS लाई कोषाध्यक्ष नियुक्त गरियो ।

    फोरमको समापन मे ७ मा ओपन डे सत्रहरूसँगै सम्पन्न भयो, जसमा फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठहरू, र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफलहरू गरिएका थिए । 

    यी सत्रहरूमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभवबाट मूल्यवान जानकारी प्रस्तुत गर्दै सुरक्षित र मापनीय भुक्तानी इकोसिस्टम विकासमा विश्वास, नियामक समन्वय, र प्रविधिको भूमिकालाई जोड दिएको थियो ।

    “नेपालमा एपीएन फोरम आयोजना गर्नु डिजिटल भुक्तानी क्षेत्रको हाम्रो नेतृत्व क्षमतामा वृद्धिको संकेत हो। यो सिकाइहरू साझा गर्ने र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरी समावेशी र सुरक्षित वित्तीय प्रणाली अगाडि बढाउने अवसर हो,” फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले भने।

    दुई दिने यस कार्यक्रममा सदस्य राष्ट्रहरूले डिजिटल भुक्तानी प्रवाह सहज बनाउनका लागि अपनाएका उत्कृष्ट अभ्यासहरू, प्रविधिमा भएका प्रगतिहरू, र रणनीतिहरू आदानप्रदान गरे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com