नेपाल कृषि प्रधान देश भएता पनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

नेपाल कृषि प्रधान देश भएता पनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • नेपाल कृषि प्रधान देश भएता पनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद

    काठमाडौँ / पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएता पनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन् । 

    images
    images

    बुधवार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् ।   

    उनले भने,‘मुलुक कृषि प्रधान देश हो तर कृषिमै आत्मनिर्भर हुन सकेको छैन । त्यसका लागि धेरै कुरा जिम्मेवार छन् । हामीसँग भएको जनशक्ति, जलस्रोतलाई प्रयाप्तरुपमा प्रयोग गर्न सकिएको छैन । जलआधारहरुको परिवर्तन गरेर, सिंचाईको नहरहरुको विकास गरेर हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौ । कृषिमा ९० प्रतिशत नेपालीहरु संग्लन भएकाले सम्पुर्ण नेपालीको जीवनयापन सहज बनाउन सरकारले काम गनुपर्छ ।’

    यस्तै उनले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन् । 

    ‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङकरसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणकाबीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’ उनले भने । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय